उकालो लाग्यो नेप्से परिसूचक, आइतबार २१ अंकले बढ्यो

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो। यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ। नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने दुई अर्बमाथि नाघेको छ। कुल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ।

व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ। यस्तै, बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्जीवन बीमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा आइतबार सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको १० करोड ११ लाख चार हजार ९६७ मूल्यबराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो।

यस्तै, गरिमा विकास लघुवित्त रु नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआइसी एशिया बैंक रु ६ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु छ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु ६ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ६ करोड पाँच लाख ४७ हजार ८६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ७.०९ प्रतिशतले कमाए। त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्येश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् आज तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १२ सय...

आज एक्कासी ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ...

गत बर्ष भन्दा २३.८ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौं – चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ४९ अर्ब ११ करोड वस्तु तथा सेवा नेपाल भित्रिएको छ। फागनुमसान्तसम्मको आयात गत आवको...

प्रभु बैंकले ल्यायो ५ दशमलव २ प्रतिशत ब्याजदरका ७ कर्जा योजना

काठमाण्डौ – प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।
- Advertisement -