किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका- ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरे पक्राउ परेका छन् ।
कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई बल्खुबाट पक्राउ गरेको हो ।
निज घिमिरेको कोठामा खन्तलासी गर्दा लुकाईछिपाइ राखेको १८ लाख नगद पनि बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।