भारतमा कोरोना भाइरसका कारण एक जनाको मृ’त्यु भएको छ। भारतीय सञ्चारमाध्यम ‘इ’कोनोमिक टाइम्स’का अनुसार क’र्नाटक, का’लाबुर्गीका ७६ वर्षीय पुरुषको मंगलबार नि’धन भएको हो। ती व्यक्तिलाई डाक्टरहरूले कोरोना सं’क्रमण भएको अ’नुमान गरे पनि स्वास्थ्य जाँ’चको रि’पोर्ट आइसकेको थिएन। उनको मृ’त्युपछि आएको रि’पोर्टले उनलाई कोरोना सं’क्रमण भएको देखाएको क’र्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारी डा. सुरेश शास्त्रीले बिहीबार जानकारी दिएका छन्।
‘का’लाबुर्गीका ७६ वर्षीय पुरुषको नि’धन भएको छ उनलाई कोभिड-१९ भएको पुष्टि भएको छ,’ डा. शास्त्रीका भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘उनको सम्पर्कमा आएका व्यक्तिहरू खो’ज्ने, आ’इसोलेसनमा राख्ने लगायत काम भइरहेको छ।’ डा. शास्त्रीका अनुसार मृ’तक व्यक्ति ते’लांगनाको निजी अस्पतालमा भ’र्ना भएका थिए। ते’लांगना सरकारले पनि उनमा कोरोना भएको पु’ष्टि गरेको छ। यही जानकारी क’र्नाटकका स्वास्थ्यमन्त्री बी. श्रीरामुलुले पनि दिएका छन्। मृ’तक व्यक्ति हालै साउदी अरेबियाबाट फर्’केको उनले जानकारी दिएका छन्।
कोरोनाका कारण मृ’त्यु पुष्टि भएको भारतमा यो पहिलो घ’टना हो। योबाहेक क’र्नाटकमा पाँच जना सं’क्रमित भेटिएका छन्। पछिल्लो पटक संक्’रमित पाइएका व्यक्ति २६ वर्षीय पुरुष हुन् जो हालै ग्रि’सबाट फर्केका हुन्। बिहीबार ती व्यक्तिमा कोरोना भएको पु’ष्टि भएसँगै उनलाई अस्पतालमा आ’इसोलेसनमा राखिएको छ। उनको अवस्था सा’मान्य रहेको बताइएको छ।