दुई अर्ब लगानीमा सेलेघाट–साँघुटार सडक कालोपत्रे हुदैछः सांसद श्रेष्ठ

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभएको छ । उहाँले लामो समयदेखि हुन नसकेको विकास निर्माणको काम नेकपा नेतृत्वको सरकारले तीब्रताको साथ अगाडि बढाएको बताउनुभएको हो । सडक निर्माण विद्युतीकरण, खानेपानीको आयोजना सञ्चालन स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको लागि काम भइरहेको बताउदै पूर्व गृहराज्यमन्त्री समेत रहनुभएका सांसद श्रेष्ठले सरकारले काम गरेन भनेर आलोचना गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

रामेछाप नगरपालिका–२ देउराली स्थित सितलादेवी माविको हिरक महाोत्सवलाई सम्बोधन गर्दै सांसद श्रेठले रामेछापलाई समृद्ध बनाउने अभियानमा आफूले सक्दो भूमिका निर्वाह गरेको बताउनुभयो ।

सेलेघाट–साँघुटार सडकको कालोपत्रे गर्ने काम अगाडि बढिसकेको बताउदै २ अर्ब रुपैयाँमा ४९ किलोमिटर सडक कालोपत्रेको प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘निकै मेहनत गरेर सेलेघाट–साँघुटार सडक कालोपत्रेको काम अगाडि बढेको छ, यसबाट जिल्लाको दक्षिण क्षेत्रका बासिन्दालाई ठूलपो सुविधा हुन्छ ।’ कार्यक्रममा बागमती प्रदेशका सांसद शान्ति पौडेल, पूर्व सभासद तारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

मन्त्री नेम्वाङद्वारा ६ लेन बन्दै गरेको कोटेश्वरको सडक अनुगमन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन निरीक्षण गरेका छन् । उनले कोटेश्वर चोकको जाम हटाउन...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीसँग प्रचण्डको पहिलो भेट

काठमाण्डौ - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष...

संघीय निर्वाचन क्षेत्र रामेछापको इन्चार्जमा पूर्व सभासद तामाङ

पूर्व सभासद एवं नेकपा बागमती प्रदेशका सदस्य डिल्लीमान तामाङ संघीय निर्वाचन क्षेत्र रामेछापको इन्चार्जमा चयन हुनुभएको छ । बागमती प्रदेश कमिटीको बैठकले...
- Advertisement -