उमेश गुरुङ्गको निर्देशनमा निरन्जली लामा र आनन्द गुरुङ अभिनित “माया जोख्ने के होला” सार्बजनिक भएको छ । सार्बजनिक भएको छोटो समयमा निकै चर्चामा रहेको ‘माया जोख्ने के होला’ गीत तथा भिडियो लाई नेपाली गीत संगीतलाई माया गर्ने दर्शकहरुले निकै रुचाएको छ ।
उक्त गीतमा निकै समधुर आवाज दिनु भएको छ गायक जे ,पी नेवाङ्ग र चर्चित गायिका मेलिना राई भने निर्देशन भने चर्चित निर्देशक उमेश गुरुङ्गले गर्नु भएको छ । निर्देशन मात्र नभई उमेश गुरुङ्ग निकै प्रतिभा भएको कलाकार पनि हुनु हुन्छ नेपाली चलचित्रको तथा धेरै भन्दा धेरै भिडियोमा समेत आफ्नो प्रतिभाको जादू चलाई सक्नु भएका उमेश गुरुङ्ग निकै मिहिनेत तथा इमानदार निर्देशक तथा कलाकारमा गनिन्नु हुन्छ ।
‘माया जोख्ने के होला’ भिडियोमा अहिलेको भिडियो क्षेत्रका दुइ चर्चित नायक तथा नायिका निरन्जली लामा र आनन्द गुरुङको अभिनय हेर्न सकिन्छ निरन्जली लामा भन्ने बितिकै निकै सुन्दरी र निकै राम्रो अभिनय गर्ने मोडलको रुपमा चिरपरिचित छन् भने आनन्द गुरुङ तमु चलचित्रका लोकप्रिया नायक हुन् भने तमु चलचित्रमा मात्र नभई नेपाली गीती भिडियोमा पनि निकै माग छ आनन्द गुरुङको ।
‘माया जोख्ने के होला’ मा शब्द / संगीत सशी गुरुङ्ग बांग्देलको रहेको छ भने संगीत सयोजन राकेश गुरुङ्गको रहेको छ उक्त भिडियोको छायाकन मधुर बस्नेत र धन खालिङ्गको रहेको छ । सम्पदा सुजन साही ,भिडियो निर्माण Quality Films Nepal को रहेको छ भने उक्त गीती भिडियोलाई JP Nembang Official Youtube Chanel ले बजारमा सार्बजनिक गरेको हुन् ।