काठमाडौं । नेपाल आर्मीका मेजर ज्ञान नाछिरिङ राईले राष्ट्रिय भावनाले ओतप्रोत गीत म नेपाली सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द तथा स्वरमा म नेपाली बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
बलराम समालको संगीत तथा एरेञ्ज रहेको उक्त गीतको भिडियोमा समिर राईको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन तथा प्रियजन राईको कन्सेप्ट रहेको छ । पुर्बेली जुनतारा म्युजिकको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा राष्ट्रियता सँग सम्बन्धित विभिन्न दृष्यहरु समावेश गरिएको छ ।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :