उत्कृष्ट ठहरियो सुदिप सागरको संगीत संयोजन, फूली नाकैमा अझै ट्रेन्डिङमा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । ८ वर्षीय बाल गायिका आयुषा गौतम र लोकप्रिय गायक राजु परियारको स्वरमा रहेको दोहोरी गीत ‘फूली नाकैमा’ अहिले पनि ट्रेन्डिङको ५ औं नम्बरमा कायम रहेको छ । यूट्यूबमा अपलोड भएलगत्तै चर्चामा रहेको फूली नाकैमा २४ घन्टाभित्रमा ट्रेन्डिङको खुड्किलो चढ्दै अगाडि बढेको थियो । फागु पूर्णिमाको दिन मात्र ट्रेन्डिङको दोस्रो नम्बरमा प्रवेश गरेको फूली नाकैमा आज भने ५ औं नम्बरमा झरेको छ ।

फूली नाकैमा गीतलाई प्रल्हाद सुवेदीले लेखेका हुन् भने डीआर सुजनको संगीत रहेको छ । जसको संगीत संयोजन (म्यूजिक एरेन्जमेन्ट) भने पछिल्लो समयका व्यस्त संगीत संयोजक सुदिप सागरको रहेको छ । पछिल्लो समयको दोहोरी गीतको लोकप्रियतालाई हेर्ने हो भने आशिष अबिरलको संगीत संयोजनको पाटो निकै अब्बल देखिन्छ । उनको एरेन्जमेन्टले सफलता पाएपछि दोहोरीमा उनकोजस्तै शैली पछ्याउनेहरु केही सफल देखिएका छन् । यही यात्रामा सुदिप सागरको संगीत संयोजनको यात्रा पनि सफल र उत्कृष्ट ठहरिएको देखिन्छ । हुन त सुदिप सागर लामो समयदेखि एरेन्जर (संगीत संयोजक)का रुपमा कार्यरत रहँदै संगीत उद्योगमा क्रियाशील छन् । उनको संगीतमा आएका गीत पनि चर्चामा रहेको पाइन्छ भने आधुनिक गीतमा उनको एरेन्जमेन्ट सफल छ । उनले गरेका तिज गीत, दोहोरी गीत पनि पहिलेदेखि नै सफल र चर्चामा छन् । तर पछिल्लो समयको डिजिटल मार्केटलाई हेर्ने हो भने ट्रेन्डिङ र मिलियन भ्यूजको दुनियाँमा उनी पनि पर्दै आएका छन् । केही समय सुदिपले नै म्यूजिक एरेन्ज गरेका थिए पानको पत्ता गीतमा । त्यो पनि दोहोरीमा अब्बल भएको थियो भने अहिलेको नाकैमा फूलीले पनि सफलताको चुली चुमेको छ । यसरी हेर्दा संगीत संयोजक सुदिप सागरको संगीत संयोजनको पक्ष पनि अब्बल ठहरिएको छ ।

फूली नाकैमा गीतमा स्वर दिने गायिका आयुषा गौतम र राजु परियारको गायन पक्षसँगै अभिनय गर्ने अभिनेता सरोज खनाल र गायक कृष्ण कँडेलको प्रस्तुतिले पनि गीतलाई अझ चर्चामा ल्याएको हो । सतिस अधिकारीको भिडियो कन्सेप्टमा डीआर सुजनले भिडियोलाई निर्देशन गरेका छन् । शम्भू चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । भिडियो एसथ्रीके इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

बोल बोलमा सन्ध्या जोशीको बेजोड प्रस्तुती

नेपाली सांगितीक आकाशलाई चम्किलो र फराकिलो पार्दै आईरहेको Smule Singing Open Group (SSOG GROUP) को तेश्रो बार्षिक उत्सब बिशेष आज २१ सेप्टेम्बर...

प्रनिल गुरुङको दशैं बिशेष गीत “प्रदेशीको चिनो” सार्वजनिक

गायक प्रनिल गुरुङको दशैं बिशेष नयाँ गीत “प्रदेशीको चिनो” सार्वजनिक भएको छ । यस गीतमा प्रनिल गुरुङ, सन्ध्या बुढा मगर र कबिराज ढकालको स्वर...

अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत सार्बजनिक

विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना...

भिमसेन खतिवडा र राधिका ढकालको “मायाको कसम” सार्वजनिक (भिडियो सहित)

मिलन फिल्मसको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “मायाको कसम” सार्वजनिक भएको छ । यस गीतमा सुर्यमणी आचार्य, भिमसेन खतिवडा, राधिका ढकाल र सिता खपाङ्गीको स्वर...
- Advertisement -