डा. दाहालद्वारा लिखित दुई कृति ‘अनुभवका अनुभुतिहरु’ र ‘माया’ सार्वजनिक

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । अमेरिकामा रहेका कवि तथा प्राध्यापक डा.दुर्गा दाहाल ‘अनुभव’ ले एकैपटक दुई कृति ल्याएका छन् । डा. दाहालद्वारा लिखित कविता संङ्ग्रह ‘अनुभवका अनुभुतिहरु’ र गीति एल्बम ‘माया’ को शनिबार (२६ माघ) एक कार्यक्रमकाबिच एकसाथ सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. तुलसी दिवसले डा.दाहाल नेपाली भाषा, साहित्य र संस्कृतिप्रति समर्पित भएको व्यक्तित्व रहेको बताए । डा.दिवसले दाहालको व्यवहार र आचरणमा पाइएको कवितात्मक सरलता तथा मानवियताबाट आफू प्रभावित भएको बताएका थिए । साहित्यकार डा. दिवसले देश बुझ्न र थाहा पाउन देशबाट टाढा रहनुपर्नेे बताउँदै कवि दाहाल अमेरिकामा बसेर पनि नेपाली भाषा र साहित्यमा समर्पण भएको बताउँदै दाहालले सबै नेपालीले अनुभुति गरेको कुरा किताबमा समेटेको तथा कवितामा विम्बहरु धेरै प्रयोग नगरिए पनि अनुभुति र संवेदना प्रसस्त पाइएको समेत बताए ।

कार्यक्रममा राजनीतिक विश्लेषक शोभाकर पराजुलीले आफूले कविता नलेखेपनि साहित्यनुरायी भएको बताउँदै डा. दाहालकै प्रेरणबाट कविता लेख्ने प्रयास गरेको समेत बताएका थिए । सोहि कार्यक्रममा डा. दाहालका कवितामा टिप्पणी गर्दै प्रा.डा लक्ष्मण गौतमले डा. दाहालमा युवकत्व भाव र सकारात्मक सोच तथा आत्मवल भएको व्यक्ति रहेको बताएका थिए । उनले दाहालका कविता जीवन दर्शन दिने तथा भावना र अनुभुतिहरुको छोटा–छोटा कविता बनेर किताबमा समेटिएको बताउँदै कवितामा देश दुखेको पाइएको समेत बताएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित उक्त विमोचन कार्यक्रममा अनेसासका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा अनेसासका पूर्वअध्यक्ष मोहन सिटौला, कथाकार हिरण्य कुमारी पाठक, गीतकार उन्नती बोहोरा ‘शिला’, लगायतको आतिथ्यता रहेको थियो भने नियात्राकार युवराज नयाँघरेले डा दाहालको परिचय, मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले शुभकामना मन्तव्य, गीता कार्कीले कृतिमाथि कवितात्मक टिप्पणी गरेकी थिइन् ।

कवि तथा गीतकार डा. दाहालले ‘अनुभवका अनुभूतिहरु’मा आफ्नो मानसपटलमा आएका कुरा उतारेको तथा छन्दबाट मुक्त भएर पोखिएका कविता भावना अनि मन मस्तिष्कका दिनप्रतिदिनका भाव कविताका रुपमा आएको बताए । उनले कविताहरुमा कमल र गुराँसका फूल नभएर मानव मनका कुरा सन्देश दिन खोजिएको बताएका थिए ।

आसाममा जन्मिएका कवि दाहालले आफू सामान्य परिवारबाट आएको तथा सामान्य मानिस भएको बताउँदै नेपालमा रहँदा काठमाण्डौंका थुप्रै कलेजमा प्राध्यापन गर्दा साहित्य सिर्जनामा समय दिन नसकेको र अब निरन्तर सिर्जनामा लागिरहने बताएका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

काठमाडौँ खाल्डोमा हराएका हामी बर्मेली

हामी काठमाडौँमा छौँ । हर्ष र विस्मृतिलाई थन्क्याएपछि, थकाइका उकाली र ओरालीलाई पछाडि नै छाडेपछि अनुहारमा एउटै रङ पोतियो, त्यो हो आनन्दताको सङ्लो रङ...

(गजल) लाग्दैछ अर्कैको मनबाट बसाइँ सरि आए जस्तो फुल फुल्ल नपाउदै कोपिलामा झरी आए जस्तो।

लाग्दैछ अर्कैको मनबाट बसाइँ सरि आए जस्तो फुल फुल्ल नपाउदै कोपिलामा झरी आए जस्तो।

चम्किलो आवरणभित्रको अँध्यारो पाटो नै ‘नियत’ होः लेखक खड्का

काठमाडौं । पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सोमबार सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी नायिका रेखा थापा, स्वस्तिमा खड्का...

गजल – कृष्ण अधिकारी(मुक्तक प्रेमी)

❣️कहिले काहीं गजल लेख्छु भन्ने एक प्रमाण❣️ गजल मध्य रातमा उनी सँग बात हुँदैन। आत्ती रहन्छ मन शुभप्रभात हुँदैन। भन्छन्...
- Advertisement -