बाल्यकालको दुःखद् भोगाईले बनाएको गीतकारः रमेश दाहाल

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

गीतकार रमेश दाहाल गीति लेखनमा आफूलाई अब्बल दर्जामा दर्ज गरिसकेका गीतकार हुन् । उनका शब्दकृतिले नै उनलाई कुन स्थानको गीतकार भनेर परिचित गराइसकेको छ । कुनै पनि गीतले पूर्णता पाएर बजारमा चर्चा हुनु अगाडि त्यस गीतका जन्मदाता को हुन् भनेर चिन्नु जरुरी हुन्छ । संगीतको स्वादमा रमाउनु पूर्व यसको मुहानका रुपमा चिनिने स्रष्टा हुन् गीतकार । गीतकारको शब्दले संगीतलाई नेतृत्व गर्छ भावको नजिकमा पु¥याउँछ । त्यसपछि वाद्यवादन र गायनको माध्यमले गीतले पूर्णता पाउने गर्छ ।

बजारमा गीत चल्छ तर गीतका स्रष्टा चल्दैनन् । चलि हाले पनि औंलामा गनिने गरी केही स्रष्टाले आफ्नो नामलाई बजारमा चिनाउन सक्छन् । वास्तविकतामा गीत भनेको गायकको मात्र हो भन्ने बुझ्ने हाम्रो समाज छ । गायक भनेको गीत र संगीतलाई समाजसमक्ष पु¥याउने प्रस्तोता मात्र हो । तर गीतकार, संगीतकार र गायकको त्रिवेणीभित्र मात्र एउटा गीतले पूर्णता पाउँछ भन्ने कुरा समाजलाई बुझाउन पनि सर्जकको भूमिका महत्वपूर्ण हुन्छ । त्यसका लागि गीतकारका शब्दशैली नै प्रमुख स्थानमा राख्ने गर्छन् गीतकार दाहाल ।

नेपालको अधिकांश जिल्लाका भूगोललाई नजिकबाट नियालीसकेका गीतकार दाहाल माटो सुहाउँदो सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्छन् । अहिलेसम्म करिब ८ सय ५० भन्दा बढि नेपाली भाषा र ५० भन्दा बढि अंग्रेजी भाषामा उनले आफ्नो सिर्जनालाई उतारिसकेका छन् । सिर्जना यात्रामा आउन उनलाई जीवनका दुःखहरुले प्रेरित गरेको बताउँछन् ।

०४८ सालदेखि नै गीत लेख्न सुरु गरेपनि ०५७ सालमा पहिलो गीत गणेश पराजुलीको संगीतमा यशोदा पराजुलीको स्वरमा ‘फेरी तिम्रो सम्झनाले’ बोलको गीत रेकर्ड भएको हो थियो । नौ वर्ष उमेरमा नै आमाको स्वर्गारोहण भएपछि कष्टकर बाल्यकाल बिताएका उनले त्यहि दुःख, अभाव तथा अफठ््याराहरू नै लेखनको उर्जा भएको बन्यो । ०६६ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा दाहालको रचना ‘पूर्वको बादल जल्यो, पश्चिममा हुरी चल्यो’ बोलको गीतले प्रथम स्थानको पुरस्कार प्राप्त ग¥यो । गीत उत्कृष्ट बन्यो त्यसपछि उनी रेडियो नेपालको ‘क’ श्रेणीको गीतकारको रूपमा प्रमाणित भए । उनको लेखनको यात्रामा उर्जा मिल्दै गयो उनी झन् नयाँ नयाँ सिर्जनाहरुमा लागिरहे ।

Ramesh Dhahal

त्यसैगरी २०७२ सालमा भएको उपत्यकाब्यापी, आधुनिक गीत प्रतियोगीतामा प्रथम स्थान हासिल गरिसकेका गीतकार दाहाल गीतसंगीतमा समाजलाई परिवर्तन सक्ने क्षमता भएकोले समाज परिवर्तनका लागि गीत संगीत यार पार्नुपर्छ भन्छन् । रमेशका गीतमा समाजका कथा हुनाले आम स्रोताले रुचाएका छन् ।

दोलखाको मैनापोखरीमा जन्मिएका गीतकार रमेश दाहाल सुरुवाती दिनमा राम्रा कविका रुपमा परिभाषित भएका थिए । उनका कवितामा देशभक्ति, राष्ट्रप्रेम झल्किने गथ्र्यो । भूगोल अनुसारको माटोप्रतिको स्नेहबोध भएका कविताहरु उनले लेखेका थिए । कविता लेखनसँगै उनी गीतिलेखनमा होमिए । १३– १४ वर्षको उमेरदेखि उनले कविता र गीत लेख्दै आएका हुन् । विकास, समानता, विभेद र पर्यावरण जस्ता बिश्वव्यापी मुद्दामा गीत लेख्न रुची भएको र अंग्रेजी गायक तथा संगीतकारसँग काम गर्ने रहर लागेको पनि बताउँछन् ।

विभिन्न गायक एवं संगीतकारहरूको ३२ वटा एल्वममा काम गरिसकेका दाहालको ०६३ सालमा १ सय ५१ वटा गीत समावेश गरिएको ‘बालुवाको घर’ गीतसंग्रह प्रकाशित भएको थियो । त्यस्तै २०७५ मा ‘हिउँको फूल’ ७० ओटा गीतहरुको सङ्ग्रह पनि बजारमा आइसकेको छ ।

Prabhu Pay Music Khabar Music Award

हेल्भिटास नेपालको झोलुंगे पुल कार्यक्रममा काम गर्दा दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ, सिन्धुपाल्चोक, काभ्रे, सोलुखुम्बु हुँदै सुर्खेतदेखि पश्चिमका जिल्लाका हरेक जस्तो गाउँहरूमा निर्माण भएका झोलुंगे पुलहरूमा, प्राबिधिक एवं सामाजिक सेवाका लागि जिम्मेवारी बहन गरेको र संखुवासभा, खोटाङ, बैतडी, झापा, इलाम र दोलखा जिल्लाहरूको मोटरबाटोमासमेत काम गरी लामो समयसम्म नेपाली भूगोल र हावापानीसँगको भोगाईले प्रभाव पारेकाले गीतहरूमा मुख्यतः गाउँले जनजीवन, विकास, वास्तविक घटनाहरू बिबिधता र माया प्रेमसमेतका विषयहरू उनका गीतहरूमा पाउन सकिन्छ ।
दाहालका किनारमा उभिएर जाल हान्ने दाई (सितल सुवानी), फेरी तिम्रो सम्झनाले (गणेश र यशोदा पराजुली), कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो (आनन्द कार्की र माण्डवी त्रिपाठी), खैरो खैरो कपाल तिम्रो (एड्रियन प्रधान), सोचे जस्ती छ्यौ केहि (शिव परियार), हातमा घडी (सञ्जीव पराजुली र टीका प्रसाईं), पूर्वको बादल (दीप श्रेष्ठ), रानी खोला तरेपछि (मदनकृष्ण श्रेष्ठ) लगायत गीतहरू चर्चित छन् । त्यस्तै उनले शक्ति बल्लव श्रेष्ठ, सिलाबहादुर मोक्तान, ओम बिक्रम बिष्ट, राम थापा, गणेश पराजुली, न्हू बज्राचार्य, चन्द्र कुमार दोङ, भानु थापा, कल्याण सिंह, सचिन सिंह, डेनी निरौला, किरण श्रेष्ठ, राहुल प्रधान, टिका दाहाल आदिसँग सहकार्य गरिसकेका पनि छन् ।

उनले लेखेको गीत ‘मिल्टेरीको जुत्ता’ टिका दाहालको संगीतमा पवन गिरीको स्वरमा बजारमा आउन लागेको छ । राहुल प्रधानको संगीत तथा नीशा कँडेलको स्वरमा ‘म के भनूँ’ गीतको भिडियो बनाउने काम अन्तिम अवस्थामा पुगेको उनले जनाए । त्यस्तै, नीरज श्रेष्ठको संगीत तथा सुमित खड्काको स्वरमा ‘नेपाल नेपाल नेपाल’ बोलको गीत नेपाली युवाहरूलाई ध्यानमा राखी रचेको दाहालले बताए ।

राम्रा गीत लेखेकै कारण रमेश थुप्रै अवार्डबाट सम्मानित भएका छन् । उनका गीत ‘जननी जन्मभूमिश्च’ले गत मंसिरमा सम्पन्न आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत लेखनको अवार्ड समेत चुमिसकेको छ । त्यसैगरी सगरमाथा म्युजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड र जिनियस म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड चुमिसकेका छन् । उनी भन्छन् कर्म गरिसकेपछि त्यसबाट सम्मानित हुन पाउनु गीति लेखनलाई झनै उर्जा दिनु हो । साँगीतिक क्षेत्रमा दिइने अवार्ड वा मान सम्मानले भन्दा पनि स्रोताको प्रतिकृयाप्रति लोभ जागेर आउने उनी बताउँछन् । रमेशका अवार्ड प्राप्त गीतहरु प्राय लोकलयमा आधारित र राष्ट्रिय भावनाका गीतहरु नै अधिक रहेका छन् । उनले लेखेका दर्जनौ लेख तथा आलेखहरुले गीत संगीतका अन्वयशकलाई नेपाली गीत सँगीतमा थप अनुसन्धान गर्न सजिलो बनाउने छ भने यस क्षेत्रका कलाकर्मीलाई प्रसस्त ज्ञान दिने खालका छन् । अँग्रेजी र नेपाली दुबै भाषामा लेख तथा आलेख तयार गर्ने रमेश गीत सँगीतसँग गहिरो अध्ययन गरी आफ्ना तर्कहरु राख्दै आएका रमेशका लेखले नेपालीका लागि मात्र नभई विदेशीका लागि पनि नेपाली संगीत चिनाउन महत्वपूर्ण योगदान खेल्ने देखिन्छ । त्यसैले त ‘गीत राम्रो हुन जीवन र जगत देख्नुपर्छ’ गीतकार दाहाल भन्ने गर्छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

शत्रुका लागि डरलाग्दो र सदस्यका लागि भरलाग्दो बनाउने छु

रामेछाप जिल्लामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रमा लाग्नुभएका राजेन्द्रकुमार कार्की यतिखेर संगीतकर्मी संघमा महाधिवेशनबाट अध्यक्षमा विजयी भएर आएका छन् । दमौलीमा गेट, पापी...

रवि लामिछाने प्रस्तोता रहने ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने

चितवन, टेलिभिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने भएको छ ।सञ्चाकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त शो को पहिलो अडिसन...

कोरोना भाइरससँग ल’ड्न के–के खाने ? जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव पढौं

डा. रवीन्द्र पाण्डेकोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आ’क्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चे’तनाका...
- Advertisement -