आहारारा गोल्डकप : मनाङलाई दर्शक र पुलिसलाई मैदानको साथ

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

३० फागुन, पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणको फाइनलमा शनिबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्दैछन् ।

प्रतियोगिताको ५ पटकको उपाधि विजेता दुबै टिम छैटौं उपाधिमा आफ्नो नाम लेखाउने तयारीमा छन् । पुलीस थ्रीस्टारलाई ३–० ले र मनाङ त्रिभुवन आर्मीलाई ३–२ ले पराजित गर्दै फाइनल पुगेका हुन् ।

यो सिजनको शहीद स्मारक ए डिभिजन लिगमा २–० ले र केही दिनअघिको बुढासुब्बा गोल्डकपमा ३–१ ले पुलिसलाई पराजित गरेकाले मनाङ उच्च मनोबलमा छ । त्यसमाथि पोखरा मनाङको ‘फ्यान फलोअर’ बढी भएको क्षेत्र मानिन्छ । मनाङ त्यसको फाइदा उठाउने तयारीमा छ ।

कप्तान कमल श्रेष्ठ भन्छन् ‘यहाँ दर्शकको राम्रो साथ र माया छ । त्यसैले जित्ने दबाब पनि छ । जितेरै कप उहाँहरुलाई उपहार दिने लक्ष्यमा छौं ।’ मनाङका प्रशिक्षक फुजा टोपेले पुलिस क्लबलाई कमजोर नआक्ने बताए ।

बदला लिने दाउमा पुलिस

पुलिस पनि लिग र बुढासुब्बा गोल्ड कपमा भोगेको हारको बदला लिने सोचमा छ । उसले पनि आफूलाई पोखराको मैदान फाप्ने बताएको छ । ‘पटक पटक फाइनलसम्म पुग्ने मौका पाएका छौं । यो मैदान हाम्रो लागि भाग्यमानी सावित हुँदै आएको छ,’ प्रशिक्षक अनन्त थापाले भने ।

युवा खेलाडीको बाहुल्य रहेको पुलिसका कप्तान भरत शाह खेल कौशल देखाएरै फाइनल जित्ने बताउँछन् । ‘हाम्रो टिमवर्क राम्रो छ । दर्शकको साथ यहाँ मनाङलाई धेरै छ । तर, हामीले आफ्नो कला देखाएर ती दर्शक आफ्नो पक्षमा पार्ने लक्ष्यमा छौं,’ उनले भने ।

के छ इतिहास ?

मनाङ र पुलिस दुबै टिम आहा रारा गोल्डकपमा सफल मानिन्छन् । २०५८ मा ‘क्याराभन कप’का नामबाट सुरु भएको आहा रारा गोल्डकपको पहिलो संस्करणको फाइनलमै यी दुई टिम आमने सामने भएका थिए । त्यसमा पुलिसले २–१ ले बाजी मारेको थियो ।

२०६० सालमा मनाङले पुलिसलाई ३–१ ले हराउँदै उपाधि जित्यो । २०६१ सालको तेस्रो संस्करणमा पनि यी दुई टिम नै फाइनल पुगे । जसमा मनाङले ३–२ ले खेल आफ्नो पक्षमा पा¥यो । त्यसपछि भने यी दुई टिमको फाइनलमा भेट पहिलो पटक हुन लागेको हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

आईपीएल दुई साता पछि सर्‍यो, उद्घाटन अप्रिल १५ मा हुने

३० फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट दुई सात पछि सरेको छ । विश्वरभर फैलिएको कोरोना भाइरसको कारण...

प्रिमियर लिगसहित इंग्ल्याण्डका सबै फुटबल प्रतियोगिता स्थगित

काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण विश्व खेलकु प्रभावित बन्दै गएको छ । विशेषगरी युरोपियन फुटबलहरुलाई यसले ठूलो असर...

नेपालकै ठूलो पोखरा रंगशालाको काम अन्तिम चरणमा

नेपालको सबैभन्दा ठुलो पोखरा रंगशालाको तयारी अन्तिम चरणमा पुगेको छ । कारण, काठमाडौंको दशरथ...
- Advertisement -