काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण विश्व खेलकु प्रभावित बन्दै गएको छ । विशेषगरी युरोपियन फुटबलहरुलाई यसले ठूलो असर गरेको छ । विश्वकै सर्वाधिक हेरिने र चर्तित इंग्ल्याण्डको प्रिमियर लिग फुटबल पनि कोरोनाकै कारण स्थगित भएको छ ।
कोरोनाकै कारण इंग्ल्याण्डमा अन्य फुटबल प्रतियोगिताहरु महिला सुपर लिग, एफए कप, इएफएल कपका खेलहरु अप्रिल ३ सम्मको लागि स्थगित भएको हो ।
यसअघि नै इटलीको सिरी ए, स्पेनको ला लिगा, फ्रान्सको लिग वान र युरवपियन च्याम्पियन्स लिगकै खेलहरु स्थगित भइसकेको छ ।
शुक्रबार मात्रै च्याम्पियन्स लिग र युरोपा लिग तथा फ्रेन्चको लिग वान स्थगित गर्ने निर्णय भएको थियो ।