कोरोना भाइरस लाग्न नदिन साबुन पानीले हात मिचिमिची धुनुहोस !

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान आजदेखि सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका लागि उक्त अभियान सञ्चालन गरेको हो ।

भारतीय रेल्वेको स्थानीय कर्मचारीको समन्वयमा सचेतना तथा सर्तकता अभियान सञ्चालन गरिएको महानगरपालिकाका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले बताउनुभयो । उहाँले सचेतनाका लागि सम्पूर्ण पूर्वतयारी गर्न १९ वटा वडाका अध्यक्ष सम्मिलित समन्वय टोली गठन गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीमा नगरका सबै महाशाखाका प्रमुखहरु रहनुभएको छ । भाइरसको सङ्क्रमण नहोस् भन्नका लागि सर्तकता अपनाउन टोली गठन गरिएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

यो रोगको मुख्य लक्षणमा १००.४ डिग्री ज्वारो आउनु र छाती भारी हुनु मुख्य लक्षण रहेको नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो । यस रोगका लागि आवश्यक पर्ने पारासिटामोल र टिनिडाजोल औषधिको कुनै कमी नभएको उहाँले बताउनुभयो ।

यसैगरी नगर क्षेत्रमा रहेका औषधिका थोक बिक्रेतालाई मास्कको भण्डारका अनुगमन कार्य शुरु गरिएको छ । बजारमा मास्कको कृतिम अभाव सिर्जना गरी कालोबजारीमा बिक्री वितरण गरेको गुनासोलाई ध्यानमा राखी बढी मूल्य लिने पसललाई कानूनी कारवाही गरिने प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गर्नुभयो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

प्रेमीको श’ब ज’लिरहँदा प्रेमिकाको श’ब ब’ग्दै आएपछि….

पर्वत, भदौको महिना , उ’र्लेको मोदीखोलाको किनारमा सबै शो’कमा डु’बेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको...

जेष्ठ नागरिकको सासु भत्ता वडा सचिवको गोजीमा !

माङसेबुङ : सामाजिक सामाजिक सु’रक्षा ऐ’न, २०७५ र नि’यमावली, २०७६ बमोजिम संघीय सरकारले चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।...

दोरम्बा गाउँपालिकाको २ घर सिल – कोरोना

दोरम्बा गाउँपालिकाले कोरोना संक्रमितको सम्पर्कमा रहेर काठमार्डौबाट गाउँ आएका दुई घरलाई सिल गरेको छ । काठमाडौंमा आफ्नतलाई कोरोना पुष्टि भएको घरमा बसेर...

आज कर्णालीमा २८ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा आइतवार थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४...
- Advertisement -