खुसीको खबर : कोरोना बाट यसरी बाचिन्छ , सबै नेपालीले यस्तो गर्नुस्

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ | रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ | आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ताले अभिभावकहरु गहिरो चि$न्तामा छन् |

बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बन गर्न जरुरी रहेकाे चिकित्सकहरूले बताउँदै आइरहेका छन् | जनस्वास्थ विज्ञ डा. रवीन्द्र पाण्डेले बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन केही सुझावहरू दिएका छन् ।

– विश्वभर झन्डै एक लाख व्यक्तिमा कोरोना संक्रमण प्रमाणित हुँदा तथा ३ हजार भन्दा धेरै व्यक्तिको मृत्यु हुँदा बालबालिकामा कोरोना संक्रमण नगन्य मात्रामा देखिएको छ |

– अहिले फैलिएको रुघाखोकी सिजनल तथा सामान्य रुघाखोकी हो | कोरोनाको लक्षण हैन | नेपाल हालसम्म कोरोनामुक्त छ |

– बालबालिकाका गतिबिधि, घुमफिर, काम, खानाको प्रकार तथा अन्य व्यक्तिहरुसंग सम्पर्क कम हुने भएकोले कोरोना सर्ने वातावरण कम हुन्छ |

– बालबालिकामा दीर्घरोगहरु जस्तै क्यान्सर, मधुमेह, मुटुको रोग, दम, मृगौलाको रोग एचआईभी संक्रमण आदि हजारौंमा एकजनालाई पनि नहुने भएकोले जोखिम बर्गमा राखिएको छैन |

– बालबालिकामा कोरोना संक्रमणको लक्षण सामान्य रुघाखोकीको जस्तो हुन्छ | जस्तै – खोकी, नाक बन्द हुने, नाकबाट पानी बगिरहने, पखाला लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने नै हो | ती लक्षण मौसमी रुघाखोकीसंग मिल्छन |

– कोरोना संक्रमण भएको व्यक्तिले नजिकैबाट खोकेमा, हाच्छ्युं गरेमा नाक तथा मुखबाट आउने कणहरुले कोरोना सार्ने सम्भावना हुन्छ | ती र्याल, सिंगान, खोकीबाट आएका कण कुर्सि, बेन्च, डेस्क, गाडीको सिट, टावेल लगायतका कपडा आदिमा बस्न सक्छन | ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन |

– यो रोगको कुनै खोप तथा औषधि नभएकोले घातक मानिएको हो | तर संक्रमण भएका १०० जनामा जम्मा २-३ जनाको मृ$त्यु हुन्छ | मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ | संक्रमित बालबालिकामा मृ$त्युदर १००० जनामा एकजनामा पनि छैन | अर्थात ०.१ % भन्दा थोरैमा छ |

– मास्कको अभाव भएमा डराउनु पर्दैन | निरोगी व्यक्तिको लागि मास्कको खासै काम छैन | संक्रमण भएको व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउनु पर्ने जनस्वास्थ्य विद तथा बैज्ञानिकको मान्यता छ |

मास्क लगाएपछि नाक चिलाउने, बोल्न गाह्रो हुने, चस्मामा बादल लाग्ने, मास्क मिलाउन बारम्बार हात मास्क, आँखा, नाक, मुख आदिमा गइरहने भएकोले झन् संक्र$मणको ड$र हुन्छ | हामीकहाँ पाइने सर्जिकल / मेडिकल मास्क, कपडाका मास्क आदिले कोरोना भाइरस रोक्न सक्दैनन् | त्यसको लागि एन ९५ लगायतका स्तरीय मास्क मात्र उपयोगी हुन्छन |

– कोरोनाको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने, कुहिनामा वा टित्स्स्यु पेपरमा छ्युं गर्ने ( हातमा नगर्ने ), ह्याण्ड स्यानिटाइजर् तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने, तथा सफा टावेलले मात्र हात पुछ्ने |

– भीडभाडमा नजाने, रुघाखोकी लागेको व्यक्तिसंग नजिकै नबस्ने, घुम्न नजाने |

– मनतातो कागती पानी खाइरहने | मुख सुख्खा नराख्ने | अलिअलि पानी लगातार पिउने |

– इन्फ्लुएन्जाको खोप लगाउने | यो खोपले अप्रतक्ष्य रुपमा रुघाकोकी सर्नबाट बचाउँछ |

– मुखमा अमला, अदुवा, लसुन, ल्वांग राखिरहने |

– घाममा बस्ने, कपडा घाममा राख्ने |

– नियमित मुख कुल्ला गर्ने |

– सरसफाइमा ध्यान दिने |

– बाहिरको खाना सकभर नखाने | घरमै बनाएको खाना खाने |

– सागसब्जी, फलफुल, दाल, गेडागुडी, दही प्रशस्त खाने |

– बिना जरुरि काम घरबाट बाहिर ननिस्किने |

– अरुका काँटा, चम्चा, प्लेट, तुम्लेट, टिफिन सेयर नगर्ने |

– राम्रोसंग पाकेकोमाछामासु मात्र खाने | काँचो, हाफ बोइल नखाने |

– बाटोमा बेच्ने चटपटे, पानीपुरी लगायतका खाना नखाने |

– जनावरसंग धेरै नजिकिने नगर्ने |

– इन्टरनेटमा भेटिने अपुष्ट कुराको विश्वास नगर्ने | डर नमान्ने | आफुलाई सिर्जनशील काममा व्यस्त राख्ने | अन्धविश्वासको पछि नलाग्ने |

– रुघाखोकी छिटो निको नभएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकसंग जांच गराउने |

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

अनलाइन कक्षा कति घन्टा, कसरी पढाउनु ठीक?

कोरोनाकालसँगै सुरू भएको अनलाइन कक्षाले धेरै प्रश्न जन्माएका छन् जसको जवाफ मिलिसकेको छैन। साना केटाकेटीलाई लामो समय स्क्रिन अगाडि राख्नु आँखाका लागि मात्र नभई मानसिक...

अस्पताल नगएरै गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका

हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भप’तनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लि’ङ्ग परिक्षण गरिनु गैरकानूनी मानिन्छ तर, भेदभावको...

अमेरिकी स्वास्थ्य विज्ञको चेतावनी : कोरोनाभाइरसको महामारी झन खराब हुँदै जान पनि सक्छ

यतिखेर कोरोनाभाइरसको महामारीले आक्रान्त विश्वका ११४ वटा मुलुकहरुमध्ये विश्वमहाशक्ति अमेरिका पनि आक्रान्त छ । ३१ जनाको मृत्यु र १ हजारभन्दा बढी मानिसहरुलाई...

पुस्तकमा कर ज्ञानको, मानवीय सम्मानको र पुर्खाहरुको कमाइमा हाम्रो अधिकारमाथिको हमला

किताबले ज्ञानको बाटोमा डोर्‍याउन हात दिन्छ । शारीरिक होइन, मानसिक हात दिन्छ । डाक्टर बाबुराम भट्टराईले तपाईहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँछु भन्नुभयो ।...
- Advertisement -