पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं ।

हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं । यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी भनाईहरु पेश गरेका छौं, जो विभिन्न समयमा, विभिन्न विद्वानहरुले भनेका थिए ।

– त्यस्तो काम गर्नुहोस्, जो तपाईंलाई औधी रुची लाग्छ । तब तपाईंले एक दिन पनि कामको बोझ अनुभूत गर्नुहुने छैन ।

– सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।

– हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ ।

– जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।

– एक निरासावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।

– जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जीत्दैनन् ।

– सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।

– सबैभन्दा ठूलो जोखिम त केहीपनि जोखिम नलिनु हो ।

– जबसम्म तपाईं समुन्द्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुन्द्र पार नै गर्न सक्नुहुन्न ।

– कुनैपनि धेरै कठिन छैन यदि त्यसलाई स-सनो कार्यमा विभाजन गर्नुभयो भने ।

– विपरित परिस्थितीमा कति मानिस टुट्छन् त, कतिले रेकर्ड तोड्छन् ।

– जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैनन् भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैनन् ।

– सत्य मार्गमा हिँड्ने कोही व्यक्ति दुई गल्ती गर्न सक्छन्, एक पुरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने ।

– जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिती होइन, मानििसक स्थिती सही हुनुपर्छ ।

– पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

– कुनैपनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।

– इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।

– सानोतिनो कुरा मनमा राख्नाले ठूलो-ठूलो सम्बन्ध कमजोर हुनसक्छ ।

– मैले यो सिकें कि डर नहुनु बहादुरी होइन । बरु डरमाथि विजय प्राप्त गर्नु बहादुरी हो ।

– जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।

– तपाईं यो नसोच्नुहोस् कि ‘मैले के गुमाएँ ?’ बरु यो सोच्नुहोस् कि तपाईंसँग त्यस्तो के छ, जो दुनियाँ खोज्न चाहन्छन् ।

– जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।

– पैसा तपाईंको सेवक हो, यदि त्यसलाई उपयोग गर्नु जन्नुभयो भने । पैसा तपाईको मालिक हो, यदि त्यसलाई प्रयोग गर्न जान्नु भएन भने ।

खुशी को मतलब यो होइन कि तपाईंको जीवनमा कुनै प्रकारको समस्या नहोस्, खुशी त यो हो आफूमा आएको समस्याहरुको सामना तपाईं कति समझदारीले सुल्झाउनुहुन्छ । आफ्नो खराब समयमा पनि आफुलाई संयमित बनाउँदै खुशी रहनको लागि निम्न काम गर्नुपर्छ ।

यी विभिन्न प्रकारका विचारहरुले हामीलाई अगाढि बढ्नको लागि रोक्ने गर्दछ र हामी तनाव वा डिप्रेसनको सिकार हुने गर्छौं । हामी सबैलाई थाहा भएको कुरा हो कि खराब समयको सामना गर्नु सजिलो भने हुदैन तर, यस्तो प्रकारका समस्याहरुको सामना आफ्नो समझदारी र हौसलाबाट गर्नुपर्छ ।

हरेक मानिसको जीवनमा एक समय यस्तो पनि आउँछ जुन कल्पना भन्दा बाहिरको हुन्छ । हामी मध्ये धेरै मानिसहरुले खराब समयको सामना गरेका हुन्छौं । यस्तो समयमा हामीलाई लाग्ने गर्छ हाम्रो जीवन समस्या नै समस्याले घेरेको छ ।

जब परिस्थिती तपाईंको अपेक्षा भन्दा विपरीत हुन्छ र कुनै कुरा राम्रो हुदैन् यस्तो समयमा आफ्नो प्रयोग आफूलाई कमजोर बनाउनको लागि भन्दा पनि आफुलाई वुद्धिमान र बलियो बनाउनको लागि गर्नुपर्छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

शत्रुका लागि डरलाग्दो र सदस्यका लागि भरलाग्दो बनाउने छु

रामेछाप जिल्लामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रमा लाग्नुभएका राजेन्द्रकुमार कार्की यतिखेर संगीतकर्मी संघमा महाधिवेशनबाट अध्यक्षमा विजयी भएर आएका छन् । दमौलीमा गेट, पापी...

बाल्यकालको दुःखद् भोगाईले बनाएको गीतकारः रमेश दाहाल

गीतकार रमेश दाहाल गीति लेखनमा आफूलाई अब्बल दर्जामा दर्ज गरिसकेका गीतकार हुन् । उनका शब्दकृतिले नै उनलाई कुन स्थानको गीतकार भनेर परिचित...

रवि लामिछाने प्रस्तोता रहने ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने

चितवन, टेलिभिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने भएको छ ।सञ्चाकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त शो को पहिलो अडिसन...

कोरोना भाइरससँग ल’ड्न के–के खाने ? जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव पढौं

डा. रवीन्द्र पाण्डेकोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आ’क्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चे’तनाका...
- Advertisement -