‘रुमाल झोलामा’ लिएर हिंड्छन् बीरबल र कमला (भिडियो हेर्नुहोस्)

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । रुमाल झोलामा लिएर हिंड्ने गरेका बीरबल ढकाल र कमला पोखरेल कहिले बुझाउने हो भन्नेमा द्विविधामा छन् । गायक बीरबल ढकाल एकातिर मायाको चिनो भन्दै हिंडेका छन् भने अर्कातिर गायिका कमला पोखरेल । अब कहिले दिने हुन्, कहिले भेट्ने हुन् यो समय भने कुर्नै पर्ला ।

गायक बीरबल ढकालको पछिल्लो गीत ‘रुमाल झोलामा’ आजबाट बजारमा आएको छ । काजीबाबु अर्यालको शब्दमा गायक ढकालले नै लय भरेका छन् । गीतको संगीत संयोजन विश्वास नेपालले गरेका छन् । पछिल्लो समय आशा लिएको गीतका रुपमा गायक ढकालले यो गीतलाई हेरेका छन् । दुई दर्जनभन्दा बढी गीतमा स्वर दिएका गायक ढकालले आफ्नोपनलाई कहिल्यै पनि छाडेका छैन । गोरखाको उत्तरी भेग मान्वुका गायक ढकालले आफ्नो माटो सुहाउँदो सिर्जनामा सदैव क्रियाशील भएर लागेका छन् । यसभन्दा अघिका गीतहरु बासिसक्यो भाले, फुल्यो धयरी, माया लेकाली, जन्मभूमि, झ्यालको पर्दाले, गोर्खा मान्वु गाउँ, म त हजुर लगायतका गीतहरु उनलाई चिनाउने गीत बनेका छन् । तर ‘रुमाल झोलामा’ गीतले गायक ढकालले अझै स्रोताहरुको मन जित्ने विश्वास लिएका छन् । गायक वीरबल ढकाललाई गीतमा राजेन्द्र बाजुराली, खेम सेन्चुरी, स्मृति तिमिल्सिना गुरुआमा, पुष्पा बोहराले सहगायनमा साथ दिएका छन् ।

यस गीतको म्यूजिक भिडियोलाई काजिश श्रेष्ठ निर्देशन एवं कोरियोग्राफ गरेका छन् । भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र दुर्गेश थापा मुख्य भूमिकामा देखिएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

बोल बोलमा सन्ध्या जोशीको बेजोड प्रस्तुती

नेपाली सांगितीक आकाशलाई चम्किलो र फराकिलो पार्दै आईरहेको Smule Singing Open Group (SSOG GROUP) को तेश्रो बार्षिक उत्सब बिशेष आज २१ सेप्टेम्बर...

प्रनिल गुरुङको दशैं बिशेष गीत “प्रदेशीको चिनो” सार्वजनिक

गायक प्रनिल गुरुङको दशैं बिशेष नयाँ गीत “प्रदेशीको चिनो” सार्वजनिक भएको छ । यस गीतमा प्रनिल गुरुङ, सन्ध्या बुढा मगर र कबिराज ढकालको स्वर...

अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत सार्बजनिक

विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना...

भिमसेन खतिवडा र राधिका ढकालको “मायाको कसम” सार्वजनिक (भिडियो सहित)

मिलन फिल्मसको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “मायाको कसम” सार्वजनिक भएको छ । यस गीतमा सुर्यमणी आचार्य, भिमसेन खतिवडा, राधिका ढकाल र सिता खपाङ्गीको स्वर...
- Advertisement -