कोरोनाको असर : कुवेतले दुई हप्ताका लागि व्यवसायिक उडान बन्द गर्‍यो, सार्वजनिक क्षेत्रका श्रमिकलाई पनि बिदा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन कुवेतले दुई हप्ता सार्वजनिक बिदा दिएको छ । आज बिहीबारदेखि आउँदो चैत १२ गतेसम्मका लागि कुवेतले सार्वजनिक क्षेत्रमा कार्यरत श्रमिकलाई बिदा दिएको हो ।

कुवेतबाट उड्ने र कुवेत जाने सबै व्यवसायिक उडानहरु शुक्रबार मध्यरातदेखि बन्द हुने कुवेतले जनाएकाे छ । तर कार्गो जहाज भने उड्नेछन् । कुवेतमा रेस्टुरेन्ट र क्याफेसहित मलहरुमा पनि भेला हुन नपाइने कुवेतको मन्त्रीपरिषदले निर्णय गरेको छ । जिम, खेलकुदका क्लबहरु लगायतका सार्वजनिक ठाउँ पनि बन्द हुनेछन् । बैंकहरु पनि २६ मार्चसम्म बन्द हुनेछन्, तर अनलाइन कारोबार भने गर्न सकिने उल्लेख छ ।

यस्तै, फेब्रुअरी २७ भन्दा पछि कुवेत गएका नेपालीसहित सबै विदशी नागरिकले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि कुवेतले नै केन्द्रको व्यवस्थापन गरेकाले आफ्नो नागरिकता अथवा पासपोर्टका साथमा जँचाउन आग्रह गरेको छ ।

कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस भेला भएर नबस्न सुझाव दिएको छ । यो समयमा कुवेतमा रहेका थुप्रै नेपालीहरुले छुट्टी पाउने भए पनि उडान बन्द भएकाले स्वदेश फर्किने अवस्था भने छैन ।

कुवेत जान चाहने नयाँका लागि भने कुवेतले केही समय अघिदेखि नै भिसा दिन छाडिसकेको छ । कुवेतमा अहिलेसम्ममा ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये तीन जना निको भएका छन् । कुवेतमा रहेका नेपालीमा भने कोरोनाको संक्रमण अहिलेसम्म देखिएको पुष्टि भएको छैन ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

साउदीमा अरबमा शाही परिवारका राजकुमारसहित कैयौं अधिकारीहरूको प’द खो’सियो

साउदी अरबमा शाही परिवारका दुई सदस्यसहित कैयौं अधिकारीको प’द खो’सिएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेको निर्णयअनुसार राजकुमार फहाद बिन तुर्कीको...

सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोजेपछि

एजेन्सी- व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ । भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र...

इराकस्थित अमेरिकी सै’न्य बे’समा लगातार मि’साइल आ’क्रमण, कम्तीमा ३ सैनिकको मृ’त्यु

इराकमा अमेरिकी सै’निक बे’समा लगातार र’केट आ’क्रमण भएको छ । आ’क्रमणमा परी कम्तीमा ३ जना अमेरिकी नेतृत्वको को’लिनका सै’निक मा’रिएको अमेरिकी को’लिसनको...

स्पेनमा मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

म्याड्रिड, स्पेनकी एक मन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण लागेको पुष्टि भएको छ ।समानता मन्त्री आइरेने मोन्तेरोलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि पतिको साथमा क्वारेन्टाइनमा...
- Advertisement -