विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता अपनाउने गरी निर्णय गरेको छ । सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको भनेर अफवाह फैलाउने रामेछापका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ बनाएका थिए। तर नर्भिक अस्पताले कोरोना संक्रमित भएका कुनै पनि बिरामी अस्पतालमा भर्ना नभएको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ । उक्त अडियो म्यासेन्जरमा भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो।