एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

0
376

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय सेती देबि जनजागृती युवा समाजको अगुवाइमा एकीकृत नमुना बस्ती निर्माण कार्य तिब्र गतिमा अगाडि बढिरहेको हो । बि.स २०७२ साल वैशाख १२ , १३ र २९ गते आएको विनाशकारी भूकम्पका कारण क्षेती भएका ३० घरको एकीकृत नमूना वस्ती निर्माणको काम हालसम्म ८० प्रतिशत पुरा भएको सेती देबि जनजागृती युवा समाजका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिए । उनले दशैसम्म एकीकृत नमुना बस्तीको सबै काम पुरा गर्ने लक्ष्यका साथ काम भैरहेको बताए । उक्त नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १ करोड २० लाख रुपैया उपलब्ध गराएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको रकम तत्काल सकिने अवस्था रहेकाले अबको काम संचालन गर्न निकै चुनौती रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले पुर्वाधार विकासका लागि विनियोजित उक्त रकमले बस्तीमा सडक , नाला बनाउँने ,खानेपानीको व्यवस्थापन , गार्डेन र चिल्डेन पार्क निर्माण भैरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here