७ साउन, काठमाडौं । एक सय दुई दिन लामो लकडाउन अन्त्य भएसँगै बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम सुरु भएको छ ।
लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । मंगलबार मध्यरातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि काठमाडौं सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ ।