नयाँ बसपार्कमा अब टिकट काट्न टोकन सिस्टम, हरेक बसमा जिपिएस

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ।

कोरोना सङ्क्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो।

सरकारले छोटो दूरीका सवारी साधन यही साउन ८ देखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना सङ्क्रमण हुन नदिन नयाँ बसपार्कले प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताउँछन्।

“बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेका छौँ”, उनले भने।

ल्होत्से बहुउद्देश्यीय प्रालिले विभिन्न यातायात कम्पनीको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था यसअघि नै मिलाइसकेको छ। यात्रुको सहजताका लागि अनलाइनमार्फत समेत टिकट लिन मिल्ने व्यवस्था प्रालिले मिलाउन लागेको छ।

चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन्। उक्त बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएका छन्।

काठमाडौँ महानगरपालिका–२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भई आएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो। यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ। विष्णुमती करिडोर विस्तारका क्रममा नयाँ बसपार्कको झण्डै १० रोपनी जग्गा गएको छ।

विसं २०५६ मा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी–साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो।

उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुटै बसपार्कस्थल निर्माण गरिएको छ। नयाँ बसपार्कबाट उपत्यकाभित्रका केही सवारी साधन सञ्चालन भए पनि अधिकाशं सवारी साधन भने सञ्चालनमा आएका छैनन्।

नयाँ बसपार्कले आगामी भदौ १ देखि सञ्चालन हुने सार्वजनिक सवारी साधन सरसफाइलाई विशेष प्राथमिकतामा राखेको छ। सार्वजनिक सवारी साधन फोहर हुँदा भाइरसको सङ्क्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाउनेछ। यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेछ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ। उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ।

काठमाडौँको गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबुका मुख्य सडकबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् । सबै सवारी साधनलाई एकै ठाउँबाट सञ्चालन गर्न सकिए कोरोना सङ्क्रमण फैलने क्रममा कमी आउने देखिन्छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

काठमाडौं उपत्यकामा एक साता नि’षेधाज्ञा थप गर्ने तयारी

काठमाडौं, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता नि’षेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जो’खिम कम नभएको निष्कर्षसहित...

सोह्र श्रा’द्ध आजदेखि सुरु, पितृऋणबाट मु’क्ति पाउने विश्वास

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्रा’द्ध अर्थात् पि’तृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा त’र्पण, सि’दादान र पि’ण्डदान...

काठमाडौं उपत्यकामा थप ४८१ र देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

भारतले अवरुद्ध गरेको स्थानमा पहाड फोडेर सडक बनाउदै नेपाली सेना, भदौभित्रै सम्पन्न गरिने

नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त...
- Advertisement -