काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका लागि खेलेका धेरै खेलमा उत्कृष्ट प्रदर्शन पनि गर्दै आइ रहेका छन् । साफ च्याम्पियन्सीप देखि लिएर धरै खेलहरुमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाएका बिमलले पछिल्लो समय राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाएको अन्तिम ३४ पनि पर्न सकेनन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत कार्तिकमा चार जना स्टार नेपाली फुटबल खेलाडीलाई राष्ट्रिय टीमबाट निलम्बन गरेको थियो । एन्फाले फर्वार्ड विमल घर्तीमगर लगायत मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दीनेश राजवंशी कारबाही गरेको थियो ।
विश्वकप २०२२ को छनोट खेल खेल्नु केही दिन अघि उनीहरु डान्सबारमा गएको भन्दा एन्फाले अनुसानको कारबाही गरेको थियो । उक्त कारबाही पछि बिमलले यो सिजनको ए डिभिजन लिगको एक मात्र खेल खेल्न पाए । तर, पछि बन्द प्रशिक्षणको अन्तिम ३४ मा अन्य खेलाडी बोलाउँदा बिमललाई भने बोलाईएन् ।
देशका लागि धेरै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको खेलाडीलाई कारबाही सकिँदा पनि टिममा नबोलाउँदा नरमाइलो लागेको बिमलले बताए । उनले आफूसँगै कारबाहीमा परेका खेलाडीलाई टिममा बोलाउँदा र आफूलाई नबोलाउँदा नरमाइलो लागेको बताएका छन् ।
“देशका लागि लामो समयसम्म खेलेँ । खेल नै जीवन हो भन्ने तरिकाले म लागेको थिए । आज आएर कारबाही सकिँदा पनि अन्तिम ३४ मा पर्न सकिँदा । यो विषयमा नत एन्फाबाट कुनै प्रतिकृया आएको छ नत कुनै अधिकारीले मलाई केही भनेका छन्,” बिमलले बताउनु भयो ।