अनलाइन कक्षा कति घन्टा, कसरी पढाउनु ठीक?

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

कोरोनाकालसँगै सुरू भएको अनलाइन कक्षाले धेरै प्रश्न जन्माएका छन् जसको जवाफ मिलिसकेको छैन।

साना केटाकेटीलाई लामो समय स्क्रिन अगाडि राख्नु आँखाका लागि मात्र नभई मानसिक स्वास्थ्यमा समेत हानिकारक हुने विभिन्न अध्ययनको निष्कर्ष छ।

नेपालमा पनि सरोकारवालाहरूले इच्छाविपरीत बालबालिकालाई लामो समय मोबाइल कम्प्युटरअघि नराख्न सुझाव दिइरहेका छन्। हामीकहाँ धेरै स्कुलले प्ल-ग्रुपकै विद्यार्थीलाई डेढ-दुई घन्टा अनलाइन पढाइरहेका छन्। तीन-चार कक्षाले त तीन-चार घन्टै बस्नुपर्छ।

बानी नपरेका विद्यार्थीहरू एक्कासि यतिका समय स्क्रिन अगाडि बस्ने बाध्यता आइपर्दा धेरैलाई समस्या भएका छन्। उनीहरूका आँखा एकोहोरो स्क्रिनमा राख्दा टट्टाउँछन्। घरमा बस्ने तरिका नमिल्दा जिउ दुख्छ। अनलाइनमा देखेका शिक्षकमाथि ध्यान केन्द्रित गर्न पनि कठिन छ।

केही विद्यार्थीले सेतोपाटीमै केटाकेटी कोलममा अनलाइन कक्षाले दिएको सकस लेखेका छन्। तर सबै केटाकेटीले आफ्ना कुरा भन्न सक्दैनन्। अनलाइन कक्षालाई स्कुलमा लिइने कक्षाकै रूपमा लिन सक्छन्। कक्षामा उपस्थित हुनै पर्ने दबाब महशुस गर्छन्।

शिक्षाविद् केदारभक्त माथेमा धेरै घन्टाका अनलाइन कक्षा पट्यारलाग्दो र दबावमूलक हुने बताउँछन्। यस्ता सिकाइले पढाइलाई बोझ ठान्ने सोचको विकास हुने उनको भनाइ छ।

केही समयअघि अनलाइन कक्षाबारे सेतोपाटीसँग कुरा गर्दै उनले भनेका थिए, ‘यो कुनै योजनाबिना लागू गरिएको सिकाइ विधि हो। विद्यार्थी अभिभावक मात्र होइन, शिक्षकहरू पनि यसका लागि तयार छैनन्। माथिल्लो तहका विद्यार्थीलाई केही दिन रमाइलो भयो, सानालाई भने स्क्रिनमा बस्न गाह्रो भयो।’

दिनकै चार-पाँच घन्टा ल्यापटप वा मोबाइल अगाडि घोरिएर बस्दा उनीहरूलाई हुने सकसबारे अभिभावक र स्कुल दुवै बेखबर देखिएका छन्।

उसो भए विद्यार्थीलाई अनलाइन कक्षै नपढाउने?

अमेरिका र भारतका केही नीति हेरेर केही हामीले केही सिक्न सक्छौं। अमेरिका र भारतका विभिन्न राज्यले अनलाइन सिकाइ समयका मापदण्ड बनाएका छन्।

भारतीय मानव संसाधन विकास मन्त्रालयको निर्देशिकामा प्ले-ग्रुपका केटाकेटीलाई दैनिक ३० मिनेट मात्रै अनलाइन पढाउनु भनिएको छ। साथै कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई ४५-४५ मिनेटका दुई ‘सेसन’ गरी दिनमा ९० मिनेट (डेढ घन्टा) सम्म पढाउन मिल्ने उल्लेख छ।

त्यस्तै ९ देखि १२ कक्षालाई आधा घन्टादेखि ४५ मिनेटका चार सेसन पढाउन सकिनेछ।

अमेरिकी राज्यका निर्देशिका पनि भारतसँगै मिल्दोजुल्दो छ। जसअनुसार प्ले-ग्रुप वा समकालीनलाई दैनिक ४५ मिनेट, १-२ कक्षालाई एक/डेढ घन्टा, ३-५ कक्षालाई दुई घन्टा, ६-८ लाई अढाइ घन्टा, ८-१० कक्षालाई तीन घन्टा मात्र अनलाइनमार्फत् पढाउन भनिएको छ।

यो पनि पढ्नुस्ः अनलाइन कक्षा कति घन्टा चलाउने? अमेरिका-भारतमा निर्देशिका

हामीकहाँ यस्तो अभ्यास छैन। यसैले पनि निजी स्कुलले आफू अनुकूल समय कक्षा चलाइरहेका छन्।

तीन कक्षाका केटाकेटीलाई दैनिक ४ वटा कक्षा लिइरहेको रातो बंगला स्कुल, पाटनले अभिभावकसँगको सल्लाहमा समय तय गरेको बताउँछ। तीन वटा कक्षा एक घन्टा र अन्तिम कक्षा आधा घन्टाको हुने स्कुलले जानकारी दिएको छ।

स्कुल सञ्चालक शान्ता दीक्षित अभिभावकका साथै विद्यार्थीको मनस्थिति बुझेर समय निर्धारण गरेको बताउँछिन्।

‘अहिलेको अवस्था असामान्य छ, पहिलेको समयसँग तुलना गर्न मिल्दैन। अभिभावकको पनि आ–आफ्नो काम हुन्छ, उहाँहरूसँगको सल्लाहमा समय तय भएको हो,’ उनले भनिन्, ‘दोश्रो कक्षा सुरू हुनुअघि विद्यार्थीलाई फ्रेस हुन र अर्को कक्षाको तयारी गर्न समय तोकेका छौं।’

लकडाउन समयमा स्कुलले विद्यार्थीलाई स्कुल र पढाइसँग जोडिराख्ने हिसाबले पढाइरहेको थियो। छोटो समयका लागि सुरू अनलाइन कक्षा लामो समयसम्म जाने देखिएपछि पढाइको समय बढाउनु परेको दीक्षितको भनाइ छ।

‘आधा घन्टा पढाएर अल्झाएजस्तो गर्नुभन्दा समय बढाएर राम्ररी सिकाइमा जोड दिनु स्कुलको प्राथमिकता र अभिभावकको आवश्यकतामा पर्‍यो,’ उनले भनिन्, ‘अभिभावकले समय पाइरहेका छन्, केटाकेटीलाई पनि कोरोना महामारीले पढाइ रोकिएको, बिग्रिएको महशुस हुन दिएका छैनौं।’

तीन महिनाभन्दा बढी समयदेखि कक्षा सञ्चालन भइरहेकाले बच्चाहरूलाई सजिलो भएको पनि उनको भनाइ छ।

रातो बंगलाको तुलनामा फ्युचर स्टार एकेडेमी, ललितपुरले निकै कम समय अनलाइन कक्षा चलाइरहेको छ। स्कुलले एकदेखि १० सम्मका विद्यार्थीलाई दैनिक बढीमा ४०-४० मिनेट गरेर अनलाइन कक्षामा जोडिरहेको छ।

असारसम्म सामान्य हिसाबमा र साउनदेखि पाठ्यक्रम अघि बढाउँदै कक्षा सञ्चालन भइरहेको प्रिन्सिपल अनिल थपलियाले जानकारी दिए।

‘साउनयता कोर्ष अघि बढाउँदै पढाइ भइरहेको छ। साना कक्षाका केटाकेटीलाई मानसिक भार नपर्ने गरी पढाइरहेका छौं,’ प्रिन्सिपल थपलियाले भने, ‘हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिरहेका छौं। अभिभावकसँग पनि निरन्तर छलफल गरेर कक्षा अघि बढिरहेको छ।’

धेरै पढाएका छौं, शुल्क लिन्छौं भन्ने नियत नभएको बताउँदै उनले थपे, ‘दिनभरी पढाएजस्तो गरेर फी मागेका छैनौं। विद्यार्थीको मनोविज्ञान पनि बुझ्नु पर्ने हुन्छ। जबरजस्ती पढाउने पक्षमा छैनौं। उनीहरूको भविष्य र स्वास्थ्य दुवैप्रति सचेत छौं।’

अनलाइन कक्षा समय निर्धारणबारे शिक्षा मन्त्रालयले कुनै निर्देशिका बनाएको छैन। शिक्षा तथा मानव श्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखा निर्देशक माधव दाहालका अनुसार छिट्टै विद्यालय खुल्ने सम्भावना नहुँदा अनलाइन कक्षा व्यवस्थापनमा थप कार्य भइरहेको छ। तर अहिलेसम्म यति नै समय कक्षा लिनुपर्ने नियम नभएको दाहालले बताए।

निजीका तुलनामा एकाध सरकारी विद्यालयले अनलाइन कक्षालाई वैकल्पिक सिकाइका रूपमा लिएका छन्।

‘एक दिनमा कसलाई कति समय अनलाइन कक्षा पढाउनेबारे शिक्षा मन्त्रालयले स्पष्ट खाका तयार पारेका छैन,’ निर्देशक दाहालले भने, ‘विद्यालय खुल्ने सम्भावना रहन्छ कि भनेर हामीले वैकल्पिक सिकाइका माध्यम मात्रै तयार पार्‍यौं। अनलाइन कक्षाको समय निर्धारण गर्न सकेनौं।’

कारोना महामारी बढ्दै जाँदा स्कुल खुल्ने अवस्थामा छैनन्। शैक्षिक सत्र सुरू गर्ने-नगर्ने अन्योल छ। यता निजी स्कुलले दिनभर जसो अनलाइन कक्षा चलाएर पाठ्यक्रम सक्ने ध्याउन्नमा छन्। सरकारी र निजी दुवै स्कुलले पाठ्यक्रम सिध्याउनेभन्दा पनि विद्यार्थीलाई व्यस्त राख्न मात्रै वैकल्पिक कक्षा चलाइनु पर्ने निर्देशक दाहाल बताउँछन्।

‘कोर्ष सक्नु पर्ने कुनै बाध्यता छैन। यो हिसाबमा साना केटाकेटीलाई दिनभर स्क्रिनअगाडि राखेर पढाउनु उचित हुँदैन,’ दाहालले भने, ‘यो विषयमा निजी विद्यालय आफैं सक्षम छन्। विद्यार्थीको क्षमता, मानसिक अवस्था विचार गरेर मात्रै सिकाइ समय तोक्नु पर्छ।’

मन्त्रालयले सार्वजनिक विद्यालयको हकमा टेलिभिजन, स्थानीय रेडियो, स्थानीय तहसँग समन्वय गरेर सिकाइ कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। कक्षा १० सम्मका पाढ्यक्रम युट्युबमा समेत हेर्न सकिने व्यवस्था छ।

अनलाइन शिक्षा, गेम र स्क्रिनबाट हुने फाइदा-बेफाइदाबारे विभिन्न रिपोर्ट तथा अध्ययन सार्वजनिक भएका छन्। अन्तर्क्रियात्मक अनलाइन कक्षाले बालबालिकालाई सिक्न सहयोग पक्कै पुर्‍याउँछ। तर समयमा ध्यान दिनैपर्ने देखिएको छ।

युनिसेफले हालै सार्वजनिक गरेको एक रिपोर्टले सही समय डिजिटल स्क्रिन प्रयोगको फाइदाबारे बताएको छ।

डिजिटल प्रविधिको प्रयोगले बालबालिकालाई संसारसँग जोडिन सहयोग गरेको साथै प्रतिकूल अनुभव सामना गर्न सिकाउने देखाउँदै रिपोर्टमा लेखिएको छ, ‘औसत समय टेक्नोलोजिको प्रयोग बालबालिकाका लागि उपयुक्त मानिन्छ। तर उनीहरु के कस्ता गतिविधिका सरिक छन् बुझ्नु जरुरी हुन्छ।’

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

अस्पताल नगएरै गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका

हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भप’तनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लि’ङ्ग परिक्षण गरिनु गैरकानूनी मानिन्छ तर, भेदभावको...

खुसीको खबर : कोरोना बाट यसरी बाचिन्छ , सबै नेपालीले यस्तो गर्नुस्

कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ | रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ | आफ्ना...

अमेरिकी स्वास्थ्य विज्ञको चेतावनी : कोरोनाभाइरसको महामारी झन खराब हुँदै जान पनि सक्छ

यतिखेर कोरोनाभाइरसको महामारीले आक्रान्त विश्वका ११४ वटा मुलुकहरुमध्ये विश्वमहाशक्ति अमेरिका पनि आक्रान्त छ । ३१ जनाको मृत्यु र १ हजारभन्दा बढी मानिसहरुलाई...

पुस्तकमा कर ज्ञानको, मानवीय सम्मानको र पुर्खाहरुको कमाइमा हाम्रो अधिकारमाथिको हमला

किताबले ज्ञानको बाटोमा डोर्‍याउन हात दिन्छ । शारीरिक होइन, मानसिक हात दिन्छ । डाक्टर बाबुराम भट्टराईले तपाईहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँछु भन्नुभयो ।...
- Advertisement -