देशमा अराजक तत्वहरुले राष्ट्रिय झण्डा र सम्रदाय माथि अनेक आच आउने क्रियाकलाप गरिरहेको अबस्थामा सुजाता के.सी. र प्रधुम्न घलेको स्वरमा रहेको राष्ट्रिय भावको गीत “स्वाभिमानी नेपाली” को भिडियो सार्वजनिक भएको छ ।
लोकराज अधिकारीको शब्द रचना, प्रधुम्न घलेको सङ्गीत र रोशन बान्तवा राईको सङ्गीत संयोजनमा रेकर्ड भएको यस गीतमा राष्ट्रिय सभा सदस्य मा. कोमल ओली, वरिष्ट चलचित्र पत्रकार शान्तिप्रिय, अभिनेत्री खुश्बु खड्का, कृष्ण भक्त महर्जन, ज्योति प्रकाश, प्रधुम्न घले, सुजाता के.सी. गणेश के.सी. लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।
भिडियोलाई रामसिंह भाटले छायांकन गरेका हुन् भने वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन र सम्पादन रहेको छ । वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यो भिडियो नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।