कुलमान घिसिङको कार्यकाल थप गर्न दबाब स्वरुप “कुलमान कै छ खाँचो” गीत सार्वजनिक (भिडियो सहित)

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

देशका वास्तबिक हिरो, सबै नेपालीले गर्व गर्न लायक सच्चा सपुत, एक युगपुरुष कुलमान घिसिङको नेपाल बिधुत प्राधिकरणबाट कार्यकाल सकिनै लाग्दा कार्यकाल थप हुनुपर्छ भन्दै उनको समर्थनमा गीत निस्कने क्रम बढ्दो छ । हुन त यसअघि पनि कुलमानको बिषयमा यस्ता धेरै गीत आईसकेका छन् ।

तथापि कोरोना महामारीको असहज परिस्थितिमा पनि यतिबेला कुलमानको समर्थनमा सर्जक र कलाकार लगायत बिभिन्न पेशा, क्षेत्र र वर्गका मानिसहरुले सरकारलाई खबरदारी गरिरहेका छन् । यसै सिलसिलामा भरखरै कुलमानकै छ खाँचो शीर्षकमा अर्को एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुरेश शाहीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको यस गीतमा सुरेश शाही स्वयम् र पुष्पा बोहराको स्वर रहेको छ । भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन र राम सिंह भाटको छायाङ्कनमा भिडियो तयार भएको हो । भिडियोमा सहायक सम्पादकको रुपमा लोकेश भाटले समेत प्राविधिक जिम्मेवारी निर्वाह गरेका छन् । वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा मोहन निरौला, कृष्ण कँडेल, कृष्णभक्त महर्जन, मिठाराम केसी, रविन्द्र बराल, सुरज चापागाईं ‘बान्द्रे’, सुरेश शाही, पुष्पा बोहरा, शोभा त्रिपाठी, मरिचमान श्रेष्ठ (बल्छिधुर्बे), अर्जुन कुँवर, सुरेन्द्र सिंह विष्ट, निरुता खत्री, भानमती चन्द, प्रवीण बराल, दुर्योधन बस्नेत र दीपक प्याकुरेलको अभिनय रहेको छ ।

२४ घण्टामा १८ घण्टा लोडसेडिङ गराएर सिङ्गो मुलुकलाई नै कङ्गाल बनाउन बिधुत प्राधिकरणका तत्कालिन निर्देशक र सञ्चालक समितिका घुसखोरी पदाधिकारीहरुलाई अझैसम्म कुनै कारबाही भएको छैन भने प्राधिकरणमा आउनेबित्तिकै कुलमानले सिङ्गो मुलुकलाई लोडसेडिङ मुक्त गरेका थिए । जुन घटना आम नेपालीका लागि चमत्कार जस्तै भएको थियो ।

सोही बारे बनेको गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

बोल बोलमा सन्ध्या जोशीको बेजोड प्रस्तुती

नेपाली सांगितीक आकाशलाई चम्किलो र फराकिलो पार्दै आईरहेको Smule Singing Open Group (SSOG GROUP) को तेश्रो बार्षिक उत्सब बिशेष आज २१ सेप्टेम्बर...

प्रनिल गुरुङको दशैं बिशेष गीत “प्रदेशीको चिनो” सार्वजनिक

गायक प्रनिल गुरुङको दशैं बिशेष नयाँ गीत “प्रदेशीको चिनो” सार्वजनिक भएको छ । यस गीतमा प्रनिल गुरुङ, सन्ध्या बुढा मगर र कबिराज ढकालको स्वर...

अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत सार्बजनिक

विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना...

भिमसेन खतिवडा र राधिका ढकालको “मायाको कसम” सार्वजनिक (भिडियो सहित)

मिलन फिल्मसको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “मायाको कसम” सार्वजनिक भएको छ । यस गीतमा सुर्यमणी आचार्य, भिमसेन खतिवडा, राधिका ढकाल र सिता खपाङ्गीको स्वर...
- Advertisement -