माङसेबुङ : सामाजिक सामाजिक सु’रक्षा ऐ’न, २०७५ र नि’यमावली, २०७६ बमोजिम संघीय सरकारले चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । सरकारले स्थानीय तहमार्फत तोकिएको प्रक्रिया र माध्यमबाट चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको हो ।नेपालको संविधान ब’मोजिम नागरिकहरुको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने उद्देश्यले जेष्ठ नागरिक, आर्थिक रूपले विपन्न, अ’शक्त र अ’सहाय अवस्थामा रहेका, अ’सहाय एकल महिला, अ’पाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सु’रक्षा भत्ता वितरणको व्यवस्था गरेको हो ।
सोही अनुसार तोकिएका नागरिकले चौमासिक रुपमा नै सामाजिक सुरक्षा भत्ता पाउँदै पनि आएका छन् ।तर माङसेबुङ गाउँपालिका ३ जेष्ठ नागरिक भने सामाजिक सुरक्षाको अधिकारबाट वंचित भएका छन् । वडा नम्बर २ सुमसाजुमका जेष्ठ नागरिक हरिप्रसाद श्रेष्ठ, हरिप्रसादकी पत्नी पुर्णमाया श्रेष्ठ र अर्का जयमंगल श्रेष्ठले गत आर्थिक वर्ष २०७६।०७७ को दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।उनीहरुले कानुन बमोजिम लगत क’ट्टा भएर भत्ता नपाएका भने होइनन्, वडा सचिवले नै भ’र्पाई गरेर बुझिलिएको भएपनि सचिवले आफूहरुलाई भत्ता रकम नदिएको उनीहरुको गुनासो छ ।
दोस्रो चौमासिकको ३ जनाको १२ हजार रुपैयाँका दरले ३६ हजार रुपैयाँ तत्कालिन वडा सचिव सुलभ दहाले बुझेर आफैंले खर्च गरेको पाइएको छ ।सचिव दहालले आफैंले भ’र्पाई गरेर बुझेको रकम सम्बन्धित जेष्ठ नागरिकको सं’रक्षकले पटकपटक मा’ग गर्दा समेत दिएका छैनन् । ‘म तीन पटक आफ्नो बाबु आमाको भत्ता लिन सचिवज्यूकहाँ गएँ । तर उहाँले दिनुभएन, दु:ख मात्र दिनुभयो’ हरिप्रसाद र पूर्णमायाका छोरा धनप्रसाद श्रेष्ठले भने, ‘सुरुसुरुमा त फोन गर्दा एकदुई दिनमा दिन्छु भन्नुहुन्थ्यो ।आजकल त फोन नै उठाउन छाड्नुभयो ।’
सामाजिक सुरक्षा नि’यमावली, २०७६ को द’फा ४ (२) (क) मा असक्त जेष्ठ नागरिक, अ’शक्त र अ’सहाय नागरिक, अ’सहाय एकल महिला वा आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नि’सको सं’रक्षक माथवर वा स्या’हार सुसार गर्ने व्यक्तिलाई उपलब्ध गराउन सकिने व्यवस्था उल्लेख छ ।यता वडा अध्यक्ष पुष्पराज कार्कीले ३ जनाकै सामाजिक सु’रक्षा भत्ता वडा सचिवले बु’झिलिएको र सचिवसँगै भएकाले उपलब्ध गराइदिन आफूले पटकपटक ता’केता गरेको बताए । तर वडा अध्यक्षको ताकेता समेत वेवास्ता गर्दै तत्कालिन वडा सचिव दहालले पीडितलाई रकम उपलब्ध गराएका छैनन् ।
दहाल अहिले २ नम्बर वडामा छैनन् । उनी हाल ३ नम्बर वडामा कार्यरत छन् ।यस विषयमा जिज्ञासा राख्दा तत्कालिन वडा सचिव दहालले आफूले भ’र्पाई गरेर बु’झिलिएको स्वी’कार गर्दै तत्काल आफूसँग नगद नभएकाले केही दिनमा उपलब्ध गराईदिने प्र’तिवद्धता जनाए ।त्यसो त पी’डित तिनै जना जेष्ठ नागरिकले तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता भने पाएका छन् । अघिल्लो चौमासिकको भत्ता रकम दोश्रो वा तेश्रो चौमासिकमा प्राप्त गर्न सकिने कानुनी व्यवस्था भएको भएपनि उनीहरुले तेस्रो चौमासिकको भत्ता मात्र पाएका हुन् । अघिल्लो चौमासिकमा सो रकम फिर्ता भएको भए पछिल्लो चौमासिकमा दुवै चौमासिकको रकम नि’कासा हुने हो ।
तर अघिल्लो चौमासिकको रकम वडा सचिवले नै बुझेको हुनाले अ’भिलेखमा स्वत: रकम बुझेको देखिएको हुनाले पछिल्लो चौमासिकमा एक चौमासिकको रकम मात्र आएको हो । तेस्रो चौमासिकको रकम बैंकिङ प्रणालीमार्फत वितरण गरेका हुनाले प्रक्रिया पुगेका सबैले सामाजिक सुरक्षा भत्ता पाएका छन् ।ऐ’नमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति ब’साइँ सरी अ’न्यत्र गएमा, असहाय एकल महिलाले विवाह गरेमा, ऐ’न बमोजिम सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा, मृ’त्यु भएमा, तो’किए बमोजिमका अन्य अवस्थामा मात्र भत्ता क’टौती हुने व्यवस्था छ ।