भारतले अवरुद्ध गरेको स्थानमा पहाड फोडेर सडक बनाउदै नेपाली सेना, भदौभित्रै सम्पन्न गरिने

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ ।भारतले सडक निर्माणका क्रममा अ’वरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो ’अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न स’मस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ ।

व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झ’र्नसमेत सहज हुनेछ । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ ।“छिटोभन्दा छिटो काम सक्ने गरी सेनाले घाँटीबगरमा काम गरिरहे पनि मौसम प्रतिकुल नहुनु र कडा चट्टानी भूगोल भएका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भन्नुभयो, “आजसम्म ४६० मिटर काम पूरा भएको छ, थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्छ ।”उहाँले हरेक दिन सातदेखि १० मिटर लक्ष्य राखेर ट्ययाक खोल्ने काम भइरहेको बताउनुभयो ।

त्यहाँ क’डा चट्टान रहेको बताइएको छ । अहिले २६ ठाउँमा वि’स्फोट गर्न प्वाल बनाइएको छ । उक्त क्षेत्रमा अहिलेका लागि गोरेटो बाटोमात्र खोले पनि सरकारले दीर्घकालीन रुपमा सडक निर्माण गर्ने निर्णय गरिसकेको छ ।मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयअनुसार खलंगादेखि घाँटीबगर ६५ किलोमिटरमा तिंकर सडक योजना र घाँटीबगर–तिंकर भञ्ज्याङसम्मको ८७ किलोमिटर सडकखण्ड सेनालाई निर्माणको जिम्मा दिइएको छ ।पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ का कारण सीमा नाका ब’न्द हुँदा त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न पाएका छैनन् ।

व्यासको छांगरु र तिंकरमा बस्ने नेपालीलाई सदरमुकाम खलंगा कुञ्चा सर्नका लागि पनि घोरेटो बाटो निर्माण आवश्यक भएको व्यास गाउँपालिका वडा नं १ का सचिव विनोदसिंह बुढाथोकीले बताउनुभयो ।“अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुने थियो”, बुढाथोकीले भन्नुभयो ।सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् ।

उनीहरुले अहिलेसम्म नेपाल सरकारले व्यास पुग्ने बाटो निर्माणमा महत्व नदिँदा व्यासीले स’मस्या झे’ल्नुपरेको व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले बताउनुभयो । पञ्चायतकालमा भारतीय नागरिक पनि नेपालकै यही गोरेटो बाटो भएर व्यासहुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका उहाँले सुनाउनुभयो ।व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । खलंगाको गर्मी छल्न चिसो ठाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः कार्तिकमा खलंगा झर्ने तयारी हुन्छ ।विगतमा उनीहरुले भारतीय बाटोहुँदै गाउँ जाने गरेका थिए ।

व्यासको छांगरु र तिंकर पुग्न नेपाल तथा भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बा’ध्यता थियो । नेपाली भूमि भएर घोरेटो बाटोको ट्ययाक खुलाउन सके स्थानीयले आफ्नै भूमि भएर बरु चार दिन लगाएर भएपनि आवतजावत गर्ने ऐ’तवाल बताउनुहुन्छ ।सरकारले २०६५ सालमा महाकाली लोकमार्गको दार्चुला–तिंकर सडकखण्ड निर्माण गर्ने योजना बनाए पनि त्यसलाई महत्व दिएको थिएन । एक सय ३४ किलोमिटर लम्बाई रहेको उक्त लोकमार्ग चीनको सीमा नजिक तिंकर भञ्जाङसम्म पुग्छ । उक्त लोकमार्ग निर्माणको १२ वर्ष पुग्दा मुस्किलले ४७ किलोमिटर सडकको ट्ययाक खोलिएको छ ।

भारततर्फ पिथौरागढ जिल्लाको धार्चुलाबाट सिधै कालापानीसम्म गाडी चल्ने गरी दुई लेनको सडक निर्माण भइरहेको छ । नेपालतर्फको बाटोबाट हिँडेर छाङरु पुग्न अहिले चार दिन लाग्छ ।चार दिन लाग्ने गोरेटो बाटो पनि कठीन छ र बीचमा राति बास बस्ने ठाउँको अ’भाव छ । घाँटीबगरमा बाटो सञ्चालन भए पनि तम्बाकु, कल्जुलगायतका क्षेत्रमा अहिले घोरेटो बाटो अ’वरुद्ध रहेको वडासचिव बुढाथोकीले बताउनुभयो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

काठमाडौं उपत्यकामा एक साता नि’षेधाज्ञा थप गर्ने तयारी

काठमाडौं, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता नि’षेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जो’खिम कम नभएको निष्कर्षसहित...

सोह्र श्रा’द्ध आजदेखि सुरु, पितृऋणबाट मु’क्ति पाउने विश्वास

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्रा’द्ध अर्थात् पि’तृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा त’र्पण, सि’दादान र पि’ण्डदान...

काठमाडौं उपत्यकामा थप ४८१ र देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

नयाँ बसपार्कमा अब टिकट काट्न टोकन सिस्टम, हरेक बसमा जिपिएस

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ।
- Advertisement -