काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्रा’द्ध अर्थात् पि’तृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा त’र्पण, सि’दादान र पि’ण्डदान गरी शुरु हुँदैछ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दि’वंगत पि’तृलाई सम्मानका साथ त’र्पण, सि’दादान र पि’ण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सो’ह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्रा’द्ध गरिन्छ ।चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्’धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सो’ह्रश्राद्ध गर्ने गरिएको हो ।
यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दि’वंगत पितृहरु पिण्ड, पानीको आशले म’त्र्यलोकमा झ’र्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाई छ ।यसरी सो’ह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दा’यित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मु’क्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि ना’न्दीमुखी श्रा’द्ध, पितृको मृ’त तिथिमा गर्ने ए’कोद्दिष्ट श्रा’द्ध, सोह्र श्रा’द्धमा गर्ने पार्वण श्रा’द्ध, सोह्र श्रा’द्धमा मृ’त्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्रा’द्ध, तीर्थमा गरिने तीर्थ श्रा’द्ध र बद्रीको ब्र’ह्मकपाल तीर्थमा गरिने ब्र’ह्म कपाली जस्ता श्रा’द्धहरु प्रचलित रहेका छन् ।यो पक्षमा श्रा’द्ध नगर्दा अ’क्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्रा’द्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सोह्रश्रा’द्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको स’ङ्गमस्थल बे’त्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पि’तृप्रति श्र’द्धासाथ श्रा’द्ध गर्नेको भी’ड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट ब’च्न जारी नि’षेधाज्ञाका कारण मानिस जम्मा हुन सक्ने अवस्था छैन ।अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्रा’द्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्रा’द्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्रा’द्ध गर्ने गरिएको हो । विश्वव्यापी रुपमा फै’लिएको कोरोना नेपालमा पनि यसले म’हामारीको स्वरुप ग्रहण गर्न थालेको छ ।
यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, नि’षेधाज्ञा लगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्रा’द्ध सामग्रीको आवश्यकता पर्दछ ।कारणवश श्रा’द्ध रो’किँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्रा’द्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ ।
भदौको पितृपक्ष अर्थात् सोह्र श्रा’द्धमा कोरोनाकै कारण श्रा’द्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो ।यो समयमा पनि कारणवश सो’ह्र श्रा’द्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जु’राएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रो’किएको सो’ह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ ।
त्यसपछि पनि सो’ह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । कतिपय स्थानीय तहले भने कोरोनाका कारण यस वर्ष भर्चुअल रुपमा श्रा’द्ध गराउन पुरोहितहरुलाइ आ’ह्वान गरेका छन् । पितृ पक्षको स’माप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुने गरेपनि यस वर्ष अधिकमासका कारण एक महिना ढि’लामात्र नेपालीको महान चाड शुरु हुनेछ ।